शनिबार, जेष्ठ १४, २०७९
आधारहिन समाचार लेख्ने सबै मिडियालाई कार्वाही गर्ने नायिका करिष्माको चेतावनी (प्रेसनोटसहित)

आधारहिन समाचार लेख्ने सबै मिडियालाई कार्वाही गर्ने नायिका करिष्माको चेतावनी (प्रेसनोटसहित)


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् ।

उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिललाई जानकारी समेत गराएकी छन् ।

‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार र सामाजिक सञ्जालमा समेत यस्तै आशयका पोस्ट आएकाले त्यसलाई हटाउन र अटेर गरे कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

हाम्रो यस स्वदेशनेपालडटकममा पनि उक्त आशयको समाचार प्रकाशित भएको थियो , यसबाट नायिका करिश्मा मानन्धरप्रति पर्न गएको असरप्रति स्वदेश नेपाल क्षमायाचना माग्दछ र आगामीदिनमा यस्तो गल्ति  नदोहोर्याउने प्रतिबद्धता ब्यक्त गर्दछ ।

यस्तो छ करिश्माले जारी गरेको प्रेस नोट

जो जससँग सम्बन्धित छ

हालै केहि सामाजिक संजाल र केहि अनलाइन समाचारहरुमा स्थानीय निर्वाचनमा एमालेको सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर मलाई व्यक्तिगत रुपमा मेरो चरित्र हनन हुने गरि असान्दर्भिक र आधारहीन कुरा लेखेर प्रचारप्रसार गरिएकोमा मेरो ध्यानाकर्षण भएको छ । उक्त कुराहरु पढ्दा नियतवस मलाई उत्पीडन गर्ने मनसायले फैलाएको मलाई लागेको छ ।

उक्त कुराहरु जो जसले लेखेर प्रचारप्रसार गर्नु भएको छ । उहाँहरुलाई म विनम्र अनुरोध गर्न चाहन्छु कि, कृपया उक्त असान्दर्भिक, आधारहीन कुराहरु हटाइयोस । अन्यथा उक्त कुराहरुको विरोधमा म कानुनि उपचारलगायत अन्य उचित कदम चाल्न बाध्य हुनेछु ।

करिश्मा मानन्धर

शुक्रबार, जेठ १३, २०७९ (मे २७, २०२२) दिउँसो ३.३० बजे

स्थानीय निर्वाचनमा एमालेको सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर मलाई व्यक्तिगत रुपमा मेरो चरित्र हनन हुने गरि असान्दर्भिक र आधारहीन कुरा लेखेपछि मिति जेठ ११ गते मेरो फेसबुक अकाउन्टमा लेखेको स्टाटस तल उल्लेख छ ।

जिवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफुसंग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किए । कुनै चलचित्र चले कुनै चलेनन् ! तर कहिले यस्तो तल्लो स्तरको टिप्पणी कहिले भोग्नु परेन ।

राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जिवनभर पुग्ने सबै छ मसंग ।

सबैको आवाज बन्न सकु उहाँहरुको लागि केही गर्न सकु भनेर नै हो । मानसिकतालाई पिडा दिने शब्द प्रयोग गर्ने कसैलाइ अधिकार छैन । नत्रभने कनुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक दुई पटकसम्म सहनु ठिक छ ! तर बारम्बार गर्दा अति हुन्छ ।

के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईहरु मलाई ? बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जेपायो त्यै भनाइ हेर्नूपर्ने ? राम्रो सोच्नुस, राम्रो बोल्नुस, राम्रो हुन्छ । र यी मिडियाका साथीहरूलाई सुझाव ! अलि तथ्य समाचार लेख्नुस , यस्तो पनि समाचार हुन्छ ? आधार बिहिन आरोप लगाउनेहरु अध्यारोमा हिडिरहेका मानिस जस्तै हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट