टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाईज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ ।
असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको लागि क्यानले आज एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।
जसमा क्यानले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसका लागि क्यानले टिम मालिकका लागि टेन्डर आह्वान गरेको हो ।