शुक्रबार, जेष्ठ १३, २०७९
करणका घोषणाः ‘रकी और रानीकी प्रेम कहानी’ आगामी वर्ष प्रदर्शन, एक्सन फिल्मको निर्देशन गर्ने

करणका घोषणाः ‘रकी और रानीकी प्रेम कहानी’ आगामी वर्ष प्रदर्शन, एक्सन फिल्मको निर्देशन गर्ने


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ १३, २०७९

काठमाडौं– बुधबार ५० वर्ष पुगेका भारतीय फिल्म निर्देशक तथा कलाकार करण जौहरले आफ्नो जन्मदिनमा नयाँ फिल्मको घोषणा गरेका छन्।

उनले जन्मदिनको अवसरमा आफ्नो आगामी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को प्रदर्शन मिति घोषणा गर्दै नयाँ फिल्म एक्सन विधामा हुने घोषणा गरेका हुन्।

जौहरले बुधबार गरेको घोषणा अनुसार उनको आगामी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ आगामी वर्ष फेब्रअुरी १० मा प्रदर्शनमा आउनेछ। सँगै उनले सोही वर्ष अप्रिलबाट एक्सन विधामा आधारित फिल्मको छायांकन सुरु गर्ने बताएका छन्।

‘कहानी भनिरहेको छु, सामग्री बनाइरहेको छु, टेलेन्ट मान्छेहरुलाई साथ दिइरहेको छु’, जौहरले लेखेका छन्, ‘मैले आफ्नो फिल्मी यात्रामा लामो ब्रेक लिएको छु। तर, आजको यो विशेष दिनमा म आफ्नो अर्को फिल्मको घोषणा गर्न चाहन्छु। अप्रिल २०२३ मा म आफ्नो एक्सन विधामा रहेको फिल्मको छायांकन सुरु गर्नेछु।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट