बिहिबार, जेष्ठ १२, २०७९
एउटै खरबुजाको मूल्य १५ लाख येन !

एउटै खरबुजाको मूल्य १५ लाख येन !


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १२, २०७९

एजेन्सी । जापानको सुदूर उत्तरमा रहेको प्रिफेक्चरमा भने युबारी जातका एउटै खरबुजा १५ लाख येनमा विक्री भएको छ । क्योदो न्यूजका अनुसार होक्काइदोमा यस वर्षको पहिलो लिलामी दुई ओटा ३० लाख येनमा विक्री भएको छ । बोलकबोलमा विजयी बोलकबोलकर्ता युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याक भएको बताइएको छ ।

खरबुजाका लागि दिइएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत धेरै हो । गत वर्ष दुई ओटा खरबुजा २७ लाख येनमा विक्री भएको थियो । यस वर्षको मूल्य खरबुजाले पाएको अहिलेसम्मकै उच्च मूल्य भने होइन । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाख लाखमा येनमा बिकेका थिए ।

अर्थात् त्यति बेला एउटै खरबुजाको लागि २५ लाख येन बोलकबोल गरिएको थियो । कम्पनीले युबारीमा जुन ४ र ५ मा खबरबुजा चाख्न निःशुल्क कार्यक्रम गर्दैछ । खरबुजाको अद्वितीय स्वादले गर्दा यो त्यति मूल्य तिर्न लायक भएको कम्पनीका अध्यक्ष कियोमिची नोदाले बताएका छन् । बिहीबार कुल २ हजार ७२१ ओटा खरबुजाको लिलाम विक्री गरिएको थियो ।

यस वर्ष स्थानीय ९८ जना कृषकहरुले २ खर्ब ३ अर्ब येन मूल्यका कुल ३ हजार ४३८ ओटा खरबुजा विक्री गर्ने योजना बनाएको स्थानीय सहकारीले बताएको छ । जापानमा कृषि क्षेत्रको प्रवर्द्धनका लागि हरेक वर्ष कयौं प्रकारका फलफूल र तरकारीका लागि यसरी बोलकबोलको आयोजना गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट