बिहिबार, जेष्ठ १२, २०७९
आइपीएल क्रिकेट : बैङ्लोर क्वालिफायरमा प्रवेश, लखनउ बाहिरियो

आइपीएल क्रिकेट : बैङ्लोर क्वालिफायरमा प्रवेश, लखनउ बाहिरियो


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १२, २०७९

एजेन्सी । रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

राति भएको एलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टलाई १४ रनले हराउँदै बैङ्लोर क्वालिफायरमा पुगेको हो । हारसँगै लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाए।को बैङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अब बैङ्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग भोलि खेल्नेछ । भोलिको खेलबाट एउटा टोली फाइनल पुग्नेछ ।

उसले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट