बुधबार, जेष्ठ ११, २०७९
यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ ११, २०७९

काठमाडौं । यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त बाइक एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट बिक्री वितरण शुरु गरेको हो ।


नेपालका लागि यामाहाको आधिकारिक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डप स्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महाएक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो निपो रेट्रो बाइक हो । जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्ट जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सहित तयार पारिएको छ । ‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरि स्वतन्त्र सहज र आरामदायी यात्रा गर्न रुचाउने बाइक प्रेमिहरुलाई लक्षितगरि तयार पारिएको कम्पनीले जनाएको छ ।

यामाहाका अन्य मोटरसाइकलहरु भन्दा केहि फरक प्रयोजनका लागि तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखि तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर बुटका साथ स्थर टेलिस्कोपी सस्पेन्सन र ब्लुटुथ कनेन्ट जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाईएको यामाहाका नेपालका सिईओ राजु क्षेत्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट