आइतवार, जेष्ठ ८, २०७९
राष्ट्रिय नेवाः खलः इजरायलको ११ औं अधिवेशन जुन १० तारिखमा हुने

राष्ट्रिय नेवाः खलः इजरायलको ११ औं अधिवेशन जुन १० तारिखमा हुने


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ ८, २०७९

काठमाडौं । राष्ट्रिय नेवाः खलः इजरायलको ११ औं अधिवेशन जुन १० तारिखमा हुने भएको छ । संस्थाको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को धारा १७ मा उल्लेखित प्रावधान अनुसार २०२२ जुन १० तारिख शुक्रबारका दिन अधिवेशन गर्न लागिएको हो ।

संस्थाका महासचिव ज्योति प्रधानले  एक सूचना जारी गर्दै अधिवेशनमा इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण नेवाः दाजुभाई तथा दिदीबहिनीहरुलाई सदस्यता नविकरण साथै नयाँ सदस्यता लिनको जुन ५ तारिखसम्म सदस्यता फारम भर्न आग्रह गरेका छन् ।

महासचिव प्रधानले यथाशीघ्र पुरानो सदस्यता नविकरण साथै नयाँ सदस्यता लिन पनि आग्रह गरेका छन् । सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनको लागि वर्तमान कार्यसमितिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट