नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा खाता खोलेको छ। काग्रेसले महामन्त्री गगन थापाको गृह वडा काठमाडौं- ३० मा हासिल गर्दै खाता खाेलेकाे हाे ।
उक्त वडामा दोब्बर मत ल्याउँदै विजयी हासिल गरेको हो। वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार एमालेका कृष्णभक्त खड्गी ९४८ मतसहित पराजित भएका छन्।
कांग्रेसका कार्कीले १ हजार ११३ मतान्तरले एमालेका खड्गीलाई पराजित गरेका हुन्।
इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी विजयी
इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए ।
यस्तै नगरको उपमेयरमा एमालेकी उम्मेदवार सहजादी प्रविन(आलम)लाई २ हजार बढी मतले पराजित गर्दै कांग्रेसकी मेहताले जितेकी हुन्। मेहताले ११ हजार ४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार५३७ मत मात्र पाइन् ।
त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् ।
मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।