बिहिबार, जेष्ठ ५, २०७९
कविता चोरी प्रकरण, अन्ततः भूपेन्द्रले मागे माफी

कविता चोरी प्रकरण, अन्ततः भूपेन्द्रले मागे माफी


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ ५, २०७९

काठमाडौं । कवि अर्जुन पराजुलीलाई आफ्नो सिर्जना चोरीको आरोप लगाउँदै आएका भूपेन्द्र खड्काले माफी मागेका छन् । अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै भुपेन्द्रले लगाएको आरोप सामाजिक सञ्जालमा लेखेका थिए ।  पराजुलीले २५ वर्षअघि नै उक्त कविता लेखेको प्रमाणहरु जुटाएपछि खड्काले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका भुपेन्द्रले भनेका छन्, ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु । मेरो जिज्ञासा चाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन ।अर्को कुरा, मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैँ सिर्जना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु ।
धन्यवाद !’

कवि अर्जुन पराजुलीले राजनीतिक विषयवस्तुमा आधारित कविता सामाजिक सञ्जालमा पोस्ट गरेपछि खड्काले आफ्नो कविता चोरेको दाबी गर्दै १८ मे २०१३ को आफ्नो फेसबुक स्टाटसको स्क्रिन सटसमेत पेस गरेका थिए ।

पराजुलीले त्यसको प्रतिकार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय मित्रहरु भ्रममा नपर्नुहोला । यो कविता मैले आजभन्दा करिब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मञ्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस मेरो कविताको कपी हो । अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेविरुद्धमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।”

तर यो कुरा यतिमै साम्य भएन । भूपेन्द्रले २५ वर्षअघि लेखेको प्रमाण लिएर आउन अर्जुन पराजुलीलाई चेतावनीसमेत दिए । भूपेन्द्रले भने– “आदरणीय दाइ ! तपाईंको २५ वर्षअघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चो नै हो ! धन्यवाद ।”
पराजुलीले नेपाली साहित्य क्षेत्रका चर्चित समालोक रामप्रसाद ज्ञवालीले जनमतमा गरेको समालोचा नै प्रमाणका रुपमा पेस गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट