मङ्लबार, जेष्ठ ३, २०७९
पुन: भरतपुरमा विवाद, रोकियो मतगणना !

पुन: भरतपुरमा विवाद, रोकियो मतगणना !


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ ३, २०७९

भरतपुर -चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

स्वस्तिक छापको घेरामात्रै देखिएको मतपत्रबारे विवाद भएपछि त्यहाँको मतगणना रोकिएको हो।

त्यहाँ विवाद मिलाउनका लागि सर्वदलीय बैठक सुरु भएको छ। यद्यपी सहमति हुन सकेको छैन्।

मत बदर कस्तो अवस्थामा हुने भन्नेबारे मतगणना सुरु हुनुअघि नै सहमति भएको हुन्छ। तर, भरतपुरमा भने मतगणनाको बीचमा यसबारे विवाद सुरु भएको हो।

त्यहाँ केहि घन्टादेखि मतगणना प्रक्रिया अवरुद्ध भएको छ। भरतपुर महानगरपालिकाको निर्वाचन परिणामले धेरैको ध्यान खिचेको छ।

पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले ५,३६७ मत ल्याएका छन् ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि आइतबार पनि भरतपुर मतगणना स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट