सोमवार, जेष्ठ २, २०७९
हाँस चिह्नबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार शाही मेयरमा विजयी

हाँस चिह्नबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार शाही मेयरमा विजयी


  • स्वदेश नेपाल
  • सोमवार, जेष्ठ २, २०७९

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भएका छन् ।

शाहीले २९१९ मत पाएर मेयरमा विजयी भएका हुन् । हाँस चिह्नमा चुनाव लडेका शाहीले प्रतिस्पर्धी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २००९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन् ।

स्वतन्त्र चिह्न लिएर मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार