कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ।
यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराए।
यो वडामा कांग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठूलो विवाद भएको थियो।
थापाले १६६६ मत ल्याउँदा लामिछानेले १०४९ मत मात्र प्राप्त गरे ।
भरतपुरका ३ वटा वडाको मत गणना सकिँदा मेयरमा एमालेका विजयी सुवेदीले अग्रता लिइरहेका छन् भने रेनुले पछ्याइरहेकी छिन् ।
भरतपुर-३ मा कांग्रेसी मतदाताको संख्या बढी छ । कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले पाएको मत हेर्दा पनि त्यो कुरा पुष्टि हुन्छ । उसो त यो वडा पौडेलको उम्मेदवारीको खम्बा बनेर उभिएका कृष्णलाल सापकोटाको वडा हो । गठबन्धनसँग रुष्ट बनेका कांग्रेसीले पौडेललाई मत दिएका छन् ।