आइतवार, जेष्ठ १, २०७९
ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, २५ वर्षपछि राप्रपाले जुम्लामा २ वडा सदस्य जित्यो

ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, २५ वर्षपछि राप्रपाले जुम्लामा २ वडा सदस्य जित्यो


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ १, २०७९

लुम्बिनी प्रदेशको रुपन्देहीमा ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ।

बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्।

त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्।

बेलबहादुर बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

राप्रपाले नवलपरासीको बिनय त्रिबेणि, धादिङको खानियाबाँस, सुनसरीको, भोकरिया र रुपहेन्दीको ओमसतिया बिजयी झन्डा गाँडेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हात पारेको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् । राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

उनीहरु दुवै समान ३६८ भोट ल्याएर विजयी भएका हुन् । गत ०७४ सालको स्थानीय चुनावमा राप्रपाले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।
राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जित्न सकेको थिएन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट