आइतवार, जेष्ठ १, २०७९
लिभरपुले जित्यो एफए कपको उपाधि

लिभरपुले जित्यो एफए कपको उपाधि


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ १, २०७९

एफए कप फुटबलको उपाधि लिभरपुलले जितेको छ। आज भएको फाइनलमा लिभरपुलले .चेल्सीलाई पेनाल्टी सूटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित र थप गरिएको दुवै समयमा दुवै टिमबाट गोल नभएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टीको सहाराले एफए कपको १४१ औं संस्करणको उपाधि टुंगो लाग्न पुग्यो।

पहिलो पेनाल्टी चेल्सीले प्रहार गरेको थियो। चेल्सीका मार्कस एलेन्सोले सहजै गोल गर्दै १–० को अग्रता दिलाएका थिए।
त्यसपछि लिभरपुलका जेम्स मिलनरले पनि उत्कृष्ट गोल गर्दै १–१ को बराबरीमा ल्याए।

चेल्सीका सिजर अजपिल कुएटाले गरेको प्रहारलाई लिभरपुलका किपर एलिसनले जोगाएका थिए।
त्यसपछि लिभरपुलका थियागो एलसेन्ट्राले पेनाल्टीमा गोल गर्दै अग्रता २–१ बनाए।

चेल्सीको रेइस जेम्सलो गोल गर्दै २–२ मा ल्याएका थिए। लिभरपुलका रोबर्टो फिरमिनोले पेनाल्टीमा लिभरपुलका लागि तेस्रो गोल गरे।
चेल्सीका ललागि रस बे्रक्लीले तेस्रो गोल गरेका थिए। ट्रेन्ट आर्नोल्डले लिभरपुलका लागि चौथो गोल गरेका थिए।

चेल्सीका लागि पाँचौं प्रहार गरेका जर्जिन्होले ४–४ मा ल्याएका थिए। अन्तिम पेनाल्टी प्रहार गर्न आएका साडियो मानेले गोल गर्न असफल भए पछि पेनाल्टी सूटआउट पनि ४–४ मा सकिएको थियो।

त्यसपछि चेल्सीका लागि हकिम जियाचले गोल गरेका थिए। त्यसपछि डिएगो जोटाले गोल गर्दै ५–५ मा ल्याएका थिए।
तर, मेसन माउन्टले गोल गर्न असफल भएका थिए भने लगत्तै कान्स्टेन्टिनो त्सिमकासले गोल गरेपछि लिभरपुलले ६–५ गोल अन्तरले सन् २०१२ पछि पहिलो पटक एफए कपको उपाधि जित्न सफल भयो।

यसैवर्ष दोस्रो पटक चेल्सी र लिभरपुलबीच फाइनल भिडन्त भएको छ। गत फेब्रुअरीमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै लिग कपको उपाधि जितेको थियो। यो सिजन उत्कृष्ट फर्मममा रहेको लिभरपुल चौथो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो।
बल पोसेसन भने लिभरपुलले ६७ प्रतिशत कायम गरेको थियो भने लगातार पोस्ट चार्ज गर्न भने असफल रहेको थियो। लिभरपुलले खेल अवधिभर जम्मा एक पटक क्लोज पोस्ट चार्ज गरेको थियो भने यसको तुलनामा चेल्सी अगाडि रह्यो। चेल्सीले २ पटक पोस्ट चार्ज गर्न सफल भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट