शनिबार, बैशाख ३१, २०७९
पत्रकारिता छोडेर उम्मेदवारी दिएका तिमल्सिना बने वडाध्यक्ष

पत्रकारिता छोडेर उम्मेदवारी दिएका तिमल्सिना बने वडाध्यक्ष


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९


काठमाडौं । काभ्रे बेथानचोक गाउँपालिकामा कांग्रेसले विजय सुरुवात गरेको छ। बेथानचोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा मधुसुदन तिमल्सिना विजयी भएका हुन्। वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।

उनले एमालेका निकटतम प्रतिद्वन्द्वी डण्डप्रसाद तिमल्सिनालाई ९ मतले पराजित गर्दै विजयी भएका हुन्। विजयी मधुसुदन तिमल्सिनाले ५०७ मत प्राप्त गर्दा डण्डप्रसाद तिमल्सिनाले ४९८ मत ल्याए।
विजयी मधुसुदन तिमल्सिना लामो समयदेखि पत्रकारिता पेशामा संलग्न थिए । पछिल्लो समय उनी जिल्लाको मध्यमार्ग साप्ताहिक र गोरखापत्र दैनिकमा जिल्ला संवाददाताको रूपमा कार्यरत थिए ।

यो पनि
स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ।

अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ।

त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका : नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु

मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका : नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट