बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको हो ।
मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको जनाएको छ। त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ।
यो पनि
स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ।
अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।
त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ।
त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।
नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका : नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका : नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी