शनिबार, बैशाख ३१, २०७९
सभापति देउवाकै वडामा काँग्रेसलाई करुवाको झट्का

सभापति देउवाकै वडामा काँग्रेसलाई करुवाको झट्का


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

काठमाडौं ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्छ । वडाध्यक्षमा विजयी भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ५४४ मत ल्याए ।

डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

यो पनि

स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ।

अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ।

त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका : नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु

मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका : नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट