शनिबार, बैशाख ३१, २०७९
उपमेयरमा सुनिता डंगोलको फराकिलो अन्तरले अग्रता

उपमेयरमा सुनिता डंगोलको फराकिलो अन्तरले अग्रता


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयरको प्रतिस्पर्धा भइरहँदा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।

प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।

यो पनि

काठमाडौं महानगरपालिमा २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् ।
हालसम्म वडा नम्बर १ र ३२ को एकरएक सय मत गणना गरिएको छ । कांग्रेसकी सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छिन् । त्यसैगरी एमालेका केशव स्थापितले २८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३ मत प्राप्त गरेको छ ।
वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मत गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, साहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । त्यसैगरी उप मेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।

यसैबीच ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

महाँकाल ६ ठूलादुर्लुङको मतपत्र गणना गर्ने क्रममा १५ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि उत्पन्न विवादका कारण रोकिएको हो । असन्तुष्ट एमालेका कार्यकर्ताले मतगणनास्थल महाकाल माविमा विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट