शनिबार, बैशाख ३१, २०७९
दिल्लीको एक भवनमा भिषण आगलागी, २७ जनाको मृत्यु

दिल्लीको एक भवनमा भिषण आगलागी, २७ जनाको मृत्यु


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको मेट्रो स्टेसनस्थित एक भवनमा भिषण आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै भएको आगलागीमा १२ जना घाइते भएका छन् ।

आगलागीको समयमा सो भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । सो भवनको झ्यालको सिसा फोडेर आगलागीमा फसेकाहरुको प्रहरीले उद्धार गरेको थियो ।

आगलागीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबट मृत्यु भएकाको परिवारलाई २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार प्रदान गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट