शनिबार, बैशाख ३१, २०७९
मनाङमा चार वटै पालिकाको आयो नतिजा, एमाले र कांग्रेसले दुई/दुई वटामा जिते अध्यक्ष

मनाङमा चार वटै पालिकाको आयो नतिजा, एमाले र कांग्रेसले दुई/दुई वटामा जिते अध्यक्ष


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

काठमाडौं । मनाङको चार वटै गाउँपालिकाको नतिजा आएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ ।
पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गरे ।

मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । उनले ८६१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत प्राप्त गरी विजयी भएका छन् ।

चामे गाउँपालिकामा एमाले र नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनले ३२० मत ल्याएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट