शनिबार, बैशाख ३१, २०७९
धादिङ गजुरी–८ मा पुनः मतदान गर्न माग

धादिङ गजुरी–८ मा पुनः मतदान गर्न माग


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

काठमाडौं । धादिङ गजुरी गाउँपालिका–८ को वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको छ । समय छदाँ–छदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टा–छुट्टै निवेदन दर्ता गराएका छन् ।

राति १२ बजे बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार त्यसबारे निर्वाचन आयोगमा लेखी पठाइएको गजुरीका निर्वाचन अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

यो पनि

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह : १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा २. चामे गाउँपालिका – मनाङ ३. ङिस्याङ गाउँपालिका- मनाङ ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ।

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह : १. नार्पाभूमी – मनाङ २. घरपोझोङ – मुस्ताङ ।

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह : १.काइके गाउँपालिका – डोल्पा २. छार्का साङतोङ गाउँपालिका – डोल्पा ।

हिजो ३० गते सम्पन्न निर्वाचनको नतिजा आउनेक्रम शुरु भईसकेकोछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट