तेह्रथुमको म्याङलुङ नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज तुम्बाहाङफे विजयी भएका छन्। तुम्बाहाङफे ५ सय ९ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शम्भु तुम्वाहाङ्फे ४ यस ७५ मत प्राप्त गरेका छन्। शम्भु निवर्तमान वडा अध्यक्षसमेत हुन्। वडाध्यक्ष तुम्वाहाङफेसहित नेपाली कांग्रेसबाट एक खुला सदस्य विजयी भएका हुन्।
महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य भने नेकपा एमालेबाट निर्वाचित भएका छन्। वडामा १ हजार ६ मतदाताले मतदान गरेका थिए। वडाध्यक्ष पदमा खसेको २२ मत बदर भएको छ।
यस्तै गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी शुरूआत गरेको छ । शनिवार राति ११ बजेदेखि मतगणना शुरू भएको गोरखा-१ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् ।