शनिबार, बैशाख ३१, २०७९
बाह्रबिसे-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी

बाह्रबिसे-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

सिन्धुपाल्चोकको बाह्रबिसे-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। शेर्पा चार सय १५ प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। १२ स्थानीय तहमध्ये चारको मतगणना सुरु भएको छ। बाह्रबिसे नगर, भोटेकोसी, हेलम्बु र जुगल गाउँपालिकाको मत गणना सुरु भएको हो।

मत गणनाको प्रारम्भिक नतिजाअनुसार भोटेकोसी, बाह्रबिसे र हेलम्बुमा नेपाली कांग्रेस अगाडि छ। जुगल गाउँपालिकामा माओवादी केन्द्र अगाडि रहेको छ।

इन्द्रावती, चौतारा साँगाचोकगढी, बलेफी, सुनकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखरको मत गणना बिहान १० बजेदेखि सुरु गरिने भएको छ। पाँचपोखरी थांपाल गाउँपालिकामा भने विवाद भएकोले मत गणनाको टुंगो छैन।

यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन २ मतको अन्तरले विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट