शनिबार, बैशाख ३१, २०७९
आईपीएलमा पन्जाबको जित, बैंगलोर ५४ रनले पराजित

आईपीएलमा पन्जाबको जित, बैंगलोर ५४ रनले पराजित


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३१, २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ । मुम्बईमा शुक्रबार राति पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो ।

पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए । कप्तान विराट कोहली २० रनमा आउट भए ।

पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेले । जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडे । कप्तान मायांक अग्रवाल १९ रनमा आउट भए ।

बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।

पन्जाब छैटौं स्थानमा उक्लिएको छ । बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट