काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो पनि, नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर भने १३० रुपैयाँ ८० पैसा रहेको छ। यसैबीच बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५२ रुपैयाँ २३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।