बुधबार, बैशाख २८, २०७९
सञ्जुको गृह जिल्ला बाँकेमा अन्त्येष्टि, खेलकुदमन्त्रीले गरे अन्तिम विदाइ

सञ्जुको गृह जिल्ला बाँकेमा अन्त्येष्टि, खेलकुदमन्त्रीले गरे अन्तिम विदाइ


  • स्वदेश नेपाल
  • बुधबार, बैशाख २८, २०७९


बाँके । ललितपुरमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका हुन् ।
मंगलबार विहान ललितपुरको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी मंगलबारै बाँके पठाइएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए ।
सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट