बुधबार, बैशाख २८, २०७९
इजरायल जान रोकिएकाको प्रक्रिया पुनः शुरु गरिने

इजरायल जान रोकिएकाको प्रक्रिया पुनः शुरु गरिने


  • स्वदेश नेपाल
  • बुधबार, बैशाख २८, २०७९

काठमाडौं । इजरायल जान रोकिएका कामदारहरुको प्रक्रिया पुनः शुरु हुने भएको छ । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रूपमा जान छनौट भएका तर त्यहाँको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण रोकिएकाहरुको लैजाने प्रक्रिया पुनः शुरु हुन लागेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल र इजरायलमा रहेको नेपाली दूतावासका कार्यबहाक राजदूत अर्जुन घिमिरेले इजरायली पक्षसँग संवाद गर्दै ध्यानाकर्षण गराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

संवादमा इजरायलकातर्फबाट नेपालका लागि इजरायली राजदूत हानन गोडेर, इजरायली पपुलेशन एण्ड इमिग्रेसन अथुरिटी पीआईबीएका निर्देशक शेर्ली र इजरायली स्वास्थ्य मन्त्रालयका निर्देशक तास्फी सहभागी थिए ।

संवादका क्रममा नेपालले ढिलो नगरी पुनः प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराएको हो । इजरायलले भने कर्मचारीको आन्दोलन समाप्तिसँगै प्रक्रिया पुनः शुरु गर्ने बताएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट