बुधबार, बैशाख २८, २०७९
छेपारोमाथि बलात्कार, चार जनाविरुद्व मुद्दा दर्ता !

छेपारोमाथि बलात्कार, चार जनाविरुद्व मुद्दा दर्ता !


  • स्वदेश नेपाल
  • बुधबार, बैशाख २८, २०७९

एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने घटना छेपोरोलाई मान्छेले बलात्कार गरे भन्दा । तर भारतमा यस्तै एउटा घटना घटेको छ । भारतको महाराष्ट्रको सह्याद्री टाइगर रिजर्वमा बंगाल मोनिटर छेपारोलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जङ्गली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय प्रहरीका अनुसार पक्राउ पर्नेमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घाग रहेका छन् ।

इन्डिया टुडेका अनुसार रत्न गिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जङ्गली छेपारोको सामूहिक बलात्कार गरेका हुन् । स्थानीय वन अधिकारीहरूले गत ३१ मार्चमा जङ्गलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामराको निरीक्षण गर्ने क्रममा उक्त घटना सार्वजनिक भएको हो ।

आरोपितहरूविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ । बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो । यो प्रजाति भारतीय उप महादिप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

रत्नागिरी जिल्लाको गोठाने गाउँमा भएको घटना चार जना अभियुक्तलाई रिजर्वको हिस्सा रहेको चन्दोली राष्ट्रिय निकुञ्जमा अवैध रूपमा प्रवेश गरेको अभियोगमा मुद्दा दर्ता भएको केही दिनपछि सार्वजनिक भएको थियो, जसमध्ये एकले शिकारको लागि बन्दुक बोकेका थिए, उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट