काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
मौनअवधिको पूर्वसन्ध्यामा भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो।
सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएको छ।
यस्तै उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ।सहमति पत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।