सोमवार, बैशाख २६, २०७९
भिडियाे बनाउँदा बनाउँदै नक्कली सलमान खान पक्राउ

भिडियाे बनाउँदा बनाउँदै नक्कली सलमान खान पक्राउ


  • स्वदेश नेपाल
  • सोमवार, बैशाख २६, २०७९

मुम्बई । बलिउड अभिनेता सलमान खानजस्तै मानिने आजम अन्सारीलाई सार्वजनिक स्थलमा शान्ति भंग गरेको आरोपमा उत्तर प्रदेश प्रहरीले आइतबार पक्राउ गरेको छ ।

ठाकुरगञ्ज प्रहरी चौकी इलाकामा रहेको क्ल्क टावरमा भिडियो बनाउने क्रममा उनलाई पक्राउ गरिएको हो । ठाकुरगञ्ज प्रहरी चौकीमा शान्ति भंग गरेको अभियोगमा कानुनी दफा १५१ बमोजिम नक्कली कलाकारलाई चलान पनि जारी गरिएको छ ।

सामाजिक सञ्जालमा बाक्लो फ्यान फलोइङ भएका डुप्लिकेट अभिनेता सलमान खान प्रायः सडकको बीचमा भिडियो बनाउँदै आएका थिए ।

उनी सार्वजनिक ठाउँमा चुरोट पिउने, कहिले अर्धनग्न भएर भिडियो बनाइरहेका हुन्थे ।

यसै बीच, नक्कली बलिउड अभिनेता सलमान खानलाई हेर्न सडकमा ठूलो भीड जम्मा हुँदा ट्राफिक जाम समेत हुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट