शनिबार, बैशाख ३, २०७९
आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !

आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !


  • स्वदेश नेपाल
  • शनिबार, बैशाख ३, २०७९

हनुमान चलिसामा वर्णित एक श्लोकले सुर्य र पृथ्वी वीचको आधुनिक दुरी ठ्याकै भन्छ,  कसरी सम्भब भयो यो ?

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाइदियो ।

भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउनेवाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’ को पाठ गर्ने परम्परा शुरु भयो ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।

रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिनु हुन्छ किनभने पवन देव हावाको देवताले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।

हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ ।

मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद्हरु बताउँछन् ।

नेपाल मात्र नभई भारत, बंगलादेश, म्यानमार, थाइल्याण्डमा समेत हनुमानलाई विभिन्न स्वरूपमा पूजिन्छ । थाईयाण्डको राजधानी बैंककको सुवर्णभूमि विमानस्थलमा त लस्करै हनुमानका दर्जनौ मूर्ति राखिएका छन् । सम्पूर्ण स्वरूपमा हनुमान झैँ देखिने यी देवतालाई स्थानीय भाषामा अर्कै नामले पुकारिन्छ । तर यिनको उपस्थितिले सुरक्षा हुने भएकाले त्यहाँ राखिएको बताइन्छ ।

पर्वतलाई नै उठाएर ल्याउन सक्ने हनुमानलाई रावणसँगको युद्धपश्चात् रामले बिदाई गर्ने क्रममा इच्छा सोधेका बखत, संसारमा रामको नाम चलिरहुन्जेलसम्म पृथ्वी लोकमै रहिरहने हनुमानको इच्छा भगवान रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जिवित देवताका रूपमा अझै पनि हामीमाझ छन् ।

रामायण अनि अन्य शास्त्रहरूमा विष्णुसँग धेरै जाडिएका भएपनि हनुमान आफैमा शिवका प्रतिरूप हुन् । अर्कोतर्फ हनुमानलाई वायस पुत्र पनि भनिन्छ ।

आउनुहोस् यो विषयमा पनि चर्चा गरौ । यसरी अन्जनाको आराधनाले प्रशन्न भगवान शिवले अन्जनाको गर्भमा भगवान वायुलाई आफ्नो पुरुष शक्ति अनि उर्जाहरूलाई केन्द्रित गरेर भरिदिनू भनेपछि हनुमान गर्भमा आएकाले पनि हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ ।
बाल्यकालमा अति शक्तिशाली हनुमानले पाकेको आँप भनेर झण्डै सूर्यलाई खाइदिएको प्रसंगले उनको बल अनि सार्मथ्यको वृत्तान्त दिन्छ । हनुमानका गुरु सूर्य हुन् भने सूर्यका पुत्र सुग्रिव हुन् । आफ्ना गुरुलाई मद्दत गर्ने वचन अनि दायित्वबाट बाँधिएका हनुमान सुग्रिवलाई सहयोग गर्न रामायणमा संलग्न भएका हुन् ।

बाल्यकालमा अत्यन्तै चकचके हनुमानबाट आजित भएर तपस्वीहरूले उनलाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाऊन्जेलसम्म याद नआउने श्राप दिएको विश्वास गरिन्छ ।

भगवान रामको वनवासका दौरान हनुमानसँग उहाँको भेट भएको हो अनि वाँकी रामायणमा हनुमानको कृत्य अनि कर्तब्य हामीमध्ये धेरैलाई थाहै छ ।

यिनै समुन्द्रलाई एकै फड्कोमा तर्न सक्ने, पुच्छरमा आगो लगाएर लंका जलाउन सक्ने अनि भगवान रामलाई ज्यान लिन आएका यमराजलाई नै फिर्ता पठाउने सामथ्र्य राख्ने हनुमानलाई धार्मिक रूपमा मात्र नभइकन मौलिक अनि मानवताको दृष्टिले पनि महत्पूर्ण मानिन्छ ।

हनुमानसंग सम्बन्धित हनुमान चालिसामा एउटा अकाट्य बैज्ञानिक बिषय भेटिन्छ । जुन आजको विज्ञानले पतालागाउनु भन्दा धेरै पहिले पतालागेर हामीलाई दिसकेको छ तर हामी पश्चिमेली मुलुकको वैज्ञानिकले प्रमाणित नगर्दासम्म पद्नु पनि जान्दैनौ । यसको कारण हामीमा रहेको कमजोरी साथै हाम्रो धर्म ग्रन्थको हामीले बुझ्ने भाषामा अनुबाद नहुनु पनि एक हो ।

हनुमान चलिशाको एक श्लोकमा सुर्य र पृथ्बी बिचको दुरी के कति छ भनेर लेखेको छ ,श्लोक यस प्रकार छ :- “युग शहस्त्र योजन पर भानु । लिल्यो ताही मधुर फल जानु ।” यसलाई गणितीय विधिमा मापन गरेर हेरौ “युग=१२०००” “शहस्त्र =१०००” “योजन = ८ मिल” युग *शहस्त्र *योजन = १२००० *१०००*८=९६०००००० मिल=( ९६०००००० *१.६किमी) अथवा एक मिलमा १.६ किमी हुन्छ । १५३६०००००० किलोमिटर जुन आधुनिक बिज्ञानको खोजसंग मिल्छ । यसैबाट पनि प्रमाणित छ कि हामो धर्म दर्शन कति बैज्ञानिक छ भनेर ।

यस्ता धेरै कुरा खोजेर निकाल्नु जरुरि छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट