मङ्लबार, चैत्र १, २०७८
प्रभासको फिल्म ‘राधे श्याम’ हेरेर रवि तेजाले गरे आत्महत्या

प्रभासको फिल्म ‘राधे श्याम’ हेरेर रवि तेजाले गरे आत्महत्या


  • स्वदेश नेपाल
  • मङ्लबार, चैत्र १, २०७८

भारत । दक्षिण भारतीय कलाकार प्रभासका धेरै प्रशंसकहरू छन्, जो उनको लागि जे गर्न पनि सक्छन्। हालै प्रभासको नयाँ चलचित्र ‘राधे श्याम’ प्रदर्शनमा आएको छ।

जसले समिक्षकहरूबाट राम्रो प्रतिक्रिया पाउन सकेको छैन। चलचित्रले लगातार नकारात्मक प्रतिक्रिया पाएपछी प्रभासका प्रशंसकहरू निरास भएका छन्। यसैबिच सोमबार एक अप्रिय घट्ना घटेको छ।

प्रभासका एक २४ वर्षका प्रशंसकले पंखामा झुण्डिएर आत्महत्या गरेका छन्। भारतीय सञ्चारका अनुसार भारतको आंध्र प्रदेशको कुरनूलस्थित तिलक नगरमा बस्ने २४ वर्षीय मुथला रवि तेजा ’राधे श्याम’ले लगातार पाईरहेको नकारात्मक समिक्षाका कारण निकै चिन्तित थिए। रिपोर्टका अनुसार तेजाले चलचित्र पहिलो दिन नै हेरेका थिए र परिवारलाई चलचित्र अपेक्षा गरे जस्तो नरहेको बताएका थिए।

उनी प्रभासलाई यति चाहन्थे की उनको बारेमा आइरहेको नकारात्मक कुरा उनले सहन सकेनन्। वेल्डर पेशामा आवद्ध उनले अन्ततः ज्यान दिएका छन्। दक्षिण भारतमा कलाकारहरूलाई भगवान सरह मान्ने गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट