शुक्रबार, माघ १४, २०७८
पैसाको गुणगान गर्दै दुर्गेशले भने – यहाँ ठोक्दा पनि पैसा तिर्नु पर्छ भनेपछि (भिडियोसहित)

पैसाको गुणगान गर्दै दुर्गेशले भने – यहाँ ठोक्दा पनि पैसा तिर्नु पर्छ भनेपछि (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ ।

त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।

रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।

भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् ।

गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ । यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट