शुक्रबार, माघ १४, २०७८
नायीका बर्षा शिवाकोटी लेख्छिन् ‘मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं’

नायीका बर्षा शिवाकोटी लेख्छिन् ‘मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं’


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाण्डौ : नायीका बर्षा शिवाकोटीले सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा अपिल सार्वजनिक गरेकी छिन् । उनले कलाकारको पनि व्यक्तिगत जीवन शैली हुने भन्दै मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गर्न अनुरोध गरेकी छन् । उनले केहि व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्न, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र भनेर प्रश्न समेत गरेकी छन् ।

उनले लेखेको स्टाटस् जस्ताको तस्तै

पर्दाको चमक धमकपुर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ । तर सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ । मानविय संवेदना सकिएको छैन् भने यस्ता कुरालाई मनन गरौं, र सच्याउँ । एउटा कलाकारको जीवनमा पनि सुख दुख, उतार चढाव र आरोह अवरोह प्रशश्त हुन्छन्, पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाईमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नपर्छ । केहि व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्न, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ? व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरि वा चित्त दुख्ने गरि सामाग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं । मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं, मेरो अनुरोध 🙏🏻

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट