शुक्रबार, माघ १४, २०७८
सार्वजनिक सवारीसाधनमा जोर विजोर हटाउन सिफारिस

सार्वजनिक सवारीसाधनमा जोर विजोर हटाउन सिफारिस


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं: स्वास्थ्यसम्बन्धी विज्ञ र सर्वसाधारणले चर्को विरोध गरेपछि सरकारले काठमाडौं उपत्यकामा लागु गरेको जोरबिजोर नियममा परिमार्जन गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले सार्वजनिक सवारी साधनमा जोरबिजोर नियम हटाउन सिफारिस गरेको छ।

केन्द्रकी प्रवक्ता सुनिता नेपालले बताए अनुसार ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर नियम यथावत राखिएको छ। केन्द्रले गरेको सिफारिस अनुसारको निर्णय लिन उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बसिरहेको छ।

उनीहरुको बैठकपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सवारीमा जोरबिजोर हटेको सूचना निकाल्ने तयारी गरेका छन्। सरकारले गत माघ ७ गतेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

तर त्यसको सर्वसाधारण र विज्ञहरुले पनि चर्को विरोध गरेपछि सरकार लचक भएर सार्वजनिक सवारीको जोरबिजोर नियम हटाउन लागेको हो।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट