शुक्रबार, माघ १४, २०७८
‘भिखारी’ भन्नेहरुलाई अभिनेत्री वर्षा रावतले दिइन् यस्तो जवाफ

‘भिखारी’ भन्नेहरुलाई अभिनेत्री वर्षा रावतले दिइन् यस्तो जवाफ


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं । कुनै समय कलाकारलाई आम्दानीको स्रोत जुटाउन फिल्मको मात्र भर पर्नु पर्थ्यो । फिल्ममा काम पाए पैसा आइरहन्थ्यो नभए आम्दानीको लागि अरु स्रोत थिएन ।

तर, प्रविधिले फड्को मारेसँगै अहिले पैसा कमाउनका लागि विभिन्न माध्यम छन् । फिल्ममा कामै नपाए पनि कलाकारहरुले यूट्युब, टिकटक जस्ता सामाजिक सञ्जालबाट निकै राम्रो आम्दानी गर्न सक्छन् र गरिरहेका छन् ।

अहिले डलरको लोभमा यूट्युब च्यानल खोलेर अन्तर्वार्ता र भ्लग नबनाउने थोरै मात्र कलाकार छन् । अभिनेत्री प्रियंका कार्कीपछि यूट्युबबाट राम्रो आम्दानी गर्ने अभिनेत्रीमा वर्षा राउत पर्छिन् ।

‘सन्सा’ नामक यूट्युब च्यानलमा उनले श्रीमान संयोग कोइरालासँग भ्लगहरु बनाइरहेकी हुन्छिन्, जसलाई ठूलो संख्यामा भ्यूज मिल्ने गरेको छ । वर्षाको आम्दानीको अर्को स्रोत टिकटक पनि हो ।

टिकटकमा दश लाखभन्दा बढी फलोअर्स कमाएकी वर्षाले नेपाली र हिन्दी गीतसँगै विभिन्न कमेडी डाइलगहरुमा दिनहुँ टिकटक भिडियो बनाइरहेकी हुन्छिन् ।

उनका टिकटक भिडियोलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनी बेला बखतमा टिकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् । पछिल्लो समय टिकटक लाइभ सेलिब्रेटीसँग अन्य धेरैका लागि पैसा छाप्ने मेशिन बनेको छ ।

टिकटक लाइभमा बस्दा विभिन्न व्यक्तिहरुले पठाउने गिफ्ट (चश्मा, फूल, प्लेन लगायत) डलरको बोट हो । वर्षा लाइभमा आउँदा यस्ता गिफ्ट पठाउनेहरु धेरै हुन्छन् र यसबाट उनले राम्रो डलर झार्ने गरेकी छन् ।

कहिले काहिँ उनले आफ्ना फ्यानहरुलाई गिफ्ट पठाउन आग्रह पनि गर्ने गर्छिन् । जसका कारण ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘भिखारी’ को संज्ञा समेत दियो ।

‘भिखारी’ को उपाधि पाएपछि टिकटक लाइभमा नबसेकी वर्षाले बिहीवार एक कमेडी संवादमा टिकटक भिडियो बनाएकी छन् । टिकटकको पृष्टभूमिमा बज्ने एक युवकको स्वरमा वर्षाले लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरुलाई पैसा चाहिन्छ ? कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नी फेरि ।’ यो टिकटकले उनको पैसाप्रतिको मोह झल्काउँछ ।

वर्षाले उक्त टिकटक भिडियो आफ्नो एकाउन्टमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘तर, म त टिकटकबाटै कमाउँछु नी ।’ टिकटक लाइभमा बसेर भिख मागेको भन्दै व्यापक आलोचना हुन थालेपछि उनले आफैंप्रति व्यंग्य गर्दै टिकटकबाटै कमाउने गरेको बताएकी हुन् । कमेन्टमा धेरैले उनलाई ‘टिकटक लाइभमा आए चश्मा पठाइदिन्छु’ भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् ।

@barsharaut1Tara ma ta tiktok batai kamauchu ni 😂😂😂😂😂♬ original sound – ❤️Ronish❤️

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट