काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।
कोरोनाको औषधी रेड वाइन !
कोरोना महामारीसँग लड्न यी दुई वर्षमा विश्वभरका वैज्ञानिकहरूले खानपानसँग सम्बन्धित धेरै सल्लाह दिएका छन् ।
फ्रन्टियर्स इन न्यूट्रिशन जर्नलमा प्रकाशित हालैको अनुसन्धानले हप्तामा ५ गिलास वा त्योभन्दा बढी रेड वाइन सेवन गर्ने व्यक्तिमा भाइरसको संक्रमण हुने जोखिम १७ प्रतिशत कम हुने देखाएको छ।
रेड वाइनले कसरी कोरोनाबाट जोगाउँछ ?
बेलायती वेबसाइट मिररका अनुसार चीनको शेन्जेन काङनिङ अस्पतालमा बेलायती नागरिकको तथ्यांक विश्लेषण गरेर यो अनुसन्धान तयार गरिएको हो ।
यसमा वैज्ञानिकहरूले बेलायतका मानिसहरूको म,द्यपान गर्ने बानी र कोरोना इतिहासको अध्ययन गरेका थिए।
अनुसन्धानकर्ताहरूका अनुसार रेड वाइनमा पोलिफेनोल नामक कम्पाउन्ड हुन्छ, जसले फ्लू र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूलाई टाढा राख्न मद्दत गर्छ। यही कारणले गर्दा यो पेय पदार्थ सेवन गर्दा कोरोना संक्रमणको जोखिम पनि कम हुन्छ ।
वैज्ञानिकहरूले भनेका छन्, ‘ह्वाइट वाइन र शैम्पेन जस्ता पेयहरूले पनि हामीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सक्छ।’ अनुसन्धानका अनुसार हप्तामा १ देखि ४ गिलास ह्वाइट वाइन वा शैम्पेन पिउने व्यक्तिमा कोभिड संक्रमणको जोखिम ८ प्रतिशतले कम हुन्छ ।
कोरोनामा बियर र साइडर पिउनु जोखिमपूर्ण
अनुसन्धानकर्ताहरुका अनुसार बियर र साइडर पिउनेहरुलाई कोरोना लाग्ने सम्भावना २८ प्रतिशत बढी हुन्छ । यदि तपाई हप्तामा बियर र साइडर छ गिलास वा बढी पिउनुहुन्छ भने अब सावधानी अपनाउन भनिएको छ।
अनुसन्धानमा यो पनि भनिएको छ कि जो व्यक्ति माथिको दिशानिर्देशभन्दा दुईगुणा म,दिरा पिउने गर्दछन् उनीहरुको तुलनामा भाइरसको सिकार हुने जोखिम बढी हुन्छ। त्यसैले वैज्ञानिकहरूले धेरै म,दिरा सेवन नगर्न पनि आग्रह गरेका छन् ।