शुक्रबार, माघ १४, २०७८
प्रचण्ड र माधव नेपाललाई महेश बस्नेतले दिए यस्तो चुनौती

प्रचण्ड र माधव नेपाललाई महेश बस्नेतले दिए यस्तो चुनौती


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेस प्रवेश गरेर चुनाव लड्न चुनौती दिएका छन्।

प्रेस चौतारी नेपाल चितवनले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड–माधव कांग्रेसको टाङमुनि छिरेको आरोप लगाए।

उनले आगामी निर्वाचनमा सत्ता गठबन्धन नभइ पाँच दलबीच एकीकरण गरेर निर्वाचनमा आउन पनि आग्रह गरेका छन्।

स्थानीय तहको निर्वाचनबाट सत्ता गठबन्धन भाग्न खोजेको पनि उनले आरोप लगाए।

वैशाख २१ गते रिक्त हुने स्थानीय तहको जनप्रतिनिधिका लागि चैत वा वैशाखभित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ।

’वैशाख २१ पछि स्थानीय तहको निर्वाचनलाई लानु हुँदैन । निर्वाचन पछि सार्ने कुराले देश द्वन्द्वमा फस्छ’, उनले भने।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुने उनले बताए।

एमालेका जनवर्गीय संगठनले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको भन्दै उनले संविधानको अपव्याख्या गर्ने अधिकार कसैमा नरहेको बताए।

संविधानको व्याख्या गर्ने अधिकार अदालतलाई मात्रै रहेको उनले जिकिर गरेका छन्। ’सत्ता गठबन्धन साथीहरुलाई निर्वाचनमा आफु हारिने आँकलन भएकाले सार्न खोजिएको हो’, उनले थपे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट