शुक्रबार, माघ १४, २०७८
आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, कति छ तोलाको ?

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, कति छ तोलाको ?


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं । सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट