शुक्रबार, माघ १४, २०७८
इरानले विश्वकप खेल्ने पक्का, अन्य कुन कुन देशले विश्वकपमा स्थान बनाए ? (नामावली)

इरानले विश्वकप खेल्ने पक्का, अन्य कुन कुन देशले विश्वकपमा स्थान बनाए ? (नामावली)


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

एजेन्सी । युरोपबाट १० देशहरुले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेका छन्। १० समूहको शीर्षस्थानमा रहँदै १० टोलीले विश्वकपमा स्थान पक्का गरेका हुन्।

युरोपको समूह चरणबाट सिधै विश्वकपमा स्थान बनाउन नसकेका १२ देशहरुले ३ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासिडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिकले विश्वकपमा प्ले अफ खेल्नेछन्।

उक्त खेलहरुको ड्र सार्वजनिक भइसकेको छ। त्यस्तै दक्षिण अमेरिकाबाट २ देशले विश्वकपमा स्थान बनाएका छन्। कतारले आयोजकका रुपमा विश्वपक खेल्नेछ। एसियाबाट पनि हाल एक देशले विश्वकपमा स्थान बनाएको छ। यस हिसाबमा हालसम्म १४ देशहरुले विश्वकप खेल्ने पक्का भएको छ।

विश्वकप खेल्ने पक्का भएका देशहरु

आयोजक
कतार

युरोपबाट
इंग्ल्याण्ड
फ्रान्स

बेल्जियम
डेनमार्क
जर्मनी

सर्बिया
स्पेन

क्रोएसिया
स्विटजरल्याण्ड
नेदरल्याण्डस्

दक्षिण अमेरिकाबाट
ब्राजिल
अर्जेन्टिना

एसियाबाट
इरान
इरानले एसियन छनोट अन्तर्गत समूह ए को शीर्ष २ मा स्थान पक्का गर्दै कतार विश्वकपमा स्थान बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट