शुक्रबार, माघ १४, २०७८
विश्वकप फुटबलमा १४ देश छनोट (सूचीसहित)

विश्वकप फुटबलमा १४ देश छनोट (सूचीसहित)


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । गएराति इरानले इराकमाथि १० को जित निकाल्दै एशियाबाट छनोट हुने पहिलो देश बनेपछि १४ देशले कतारको टिकट निश्चित गरेका हुन् ।

अयोजकको रुपमा कतार छनोट भइसकेको छ । यूरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरु छनोट भइसकेका छन् । अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

विश्वकपको एसियाली छनोटको माध्यमबाट यही वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट हुने इरान पहिलो देश बनेको छ। बुधबार रातिको खेलमा इराकलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर एसियाबाट छनोटको माध्यम हुँदै कुनै देश विश्वकपमा छनोट भइसकेका थिएनन्।

बिहीबारको खेलमा जित निकाल्दै छनोटको समूह ए मा रहेको इरानले सात खेलबाट १९ अंक बनाएर विश्वकपमा स्थान बनाएको हो। तेस्रो स्थानको यूएईको तीन खेल बाँकी हुँदा ९ अंक मात्र भएको कारण इरानले विश्वपमा स्थान पक्का गरेको हो।

बिहीबार इराकविरुद्ध जित दिलाउन इरानमा मेघि तारेमीले खेलको ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए। अहिले पराजित इराक चार अंकका साथ समूहको पाँचौ स्थानमा छ।

दक्षिण कोरिया दोस्रो स्थानमा छ भने युनाइटेड अरब इमिरेट्स तेस्रो स्थानमा रहेको छ। विश्वकपको एसियाली छनोट अन्तर्गत तेस्रो चरणको छनोटमा दुई समूह रहेका छन्। दुई समूहमा ६-६ गरि १२ देशको सहभागिता रहेको छ। डबल राउन्ड रोविनमा खेल भइसकेपछि दुवै समूहबाट शीर्ष दुई स्थानका टिमले विश्वकप खेल्न पाउनेछन्।

त्यस्तै, तेस्रो स्थानको दुई टिम(दुवै समूहका)ले भने चौथो चरणमा एक खेल खेल्नेछन्। सो खेलको विजेताले दक्षिण अमेरिकी छनोटको पाँचौ भएको टिमसँग खेल्नेछ। र, त्यो खेलको विजेताले विश्वकप खेल्न पाउनेछ। अहिले समूह बीको शीर्ष दुईमा साउदी अरेयिबा र जापान रहेका छन्।

छनोट भएका देश
१. कतार
२. जर्मनी
३. डेनमार्क
४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम
७. क्रोएशिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स
१३. अर्जेन्टिना
१४. इरान

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट