नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम भएको थियो भने आज शुक्रबार बढेर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रीदर १२० रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।