बिहिबार, माघ १३, २०७८
ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, माघ १३, २०७८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट