काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।
मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८५ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र विक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।