काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।
शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ ।
कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, आज कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ ।