बिहिबार, माघ ६, २०७८
काठमाडौं उपत्यकामा आज कति संक्रमित थपिए ?

काठमाडौं उपत्यकामा आज कति संक्रमित थपिए ?


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, आज कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट