बिहिबार, माघ ६, २०७८
कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, आज कति थपिए ?

कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, आज कति थपिए ?


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ ।

अभिनेत्री रेखाको विवाह अमेरिकी एनआरएनसँग हुँदै

काठमाडौं । काठमाडौं । रेखा थापा नेपाली फिल्म जगतकी उत्कृष्ट नायिका हुन्। कुनै समय नेपाली सिने जगतमा अभिनेत्रीहरुमा रेखाको एकछत्र राज थियो।

फिल्म निर्देशन पनि गरिसकेकी रेखाले आफ्नो अभिनयबाट धेरैको मन जितेकी छिन्। हिरोहरुको दबदबा रहेको समयमा दुई दशकअघिसम्म चलचित्र ‘हिरो’बाट रेखा नेपाली चलचित्रको पर्दामा उदाएकी थिइन्। ‘

हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चो¥यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले काम गरिन्। उनका अधिकांश चलचित्र हिट भए ।

रेखाले करिअर अगाडि बढाउँदै गर्दा उनको विवाह निर्माता छविराज ओझासँग भयो । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखाले एक दशकअगाडि नै डिभोर्स गरिन् । त्यसपछि पनि सिने जगतमा रेखाको विवाहको चर्चा निरन्तर चल्यो।

छविसँग अलग भएको एक दशकपछि रेखाको बिहे चर्चा फेरि चलचित्र बजारमा चल्न थालेको छ । बुझिएअनुसार, रेखा वैशाख महिनामा बिहेको तयारीमा छिन् ।

सबै कुरा ठीकठाक भए आगामी बैशाखमा अभिनेत्री थापा बिहे बन्धनमा बाँधिने भएकी छिन् । उनी निकट स्रोतका अनुसार नयाँवर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् ।

स्रोतका अनुसार ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको छ । ३९ वर्षिया रेखाले बिहेको लागि अहिले तयारी गरिरहेकी छिन् । फिल्म निर्माता छवि ओझासँग पहिलो बैबाहिक सम्बन्ध टुंगिएयता रेखा सिंगल थिइन् ।

हालैको एक टिभी अन्तवार्तामा पनि रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएकी थिइन् । स्रोतका अनुसार रेखाको बिहेका लागि परिवारले तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट