बिहिबार, माघ ६, २०७८
मधेशमा एमाले र लोसपा मिले, एक जनाको उम्मेदवारी फिर्ता

मधेशमा एमाले र लोसपा मिले, एक जनाको उम्मेदवारी फिर्ता


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

जनकपुर । राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। बिहीबार दुई दलले मधेशमा एकता हुने घोषणा गरेका छन्।

दुई दलले बिहीबार जनकपुरमा एक कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन्। जनकपुरस्थित शुभम् होटलमा यी दुई दलबचीका नेताहरुले पत्रकार सम्मेलन गरेर गठबन्धन घोषणा गरेका हुन्।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठ पनि उपस्थित भएका छन्।

त्यस्तै घोषणा कार्यक्रममा लोसपा मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल पनि उपस्थित छन्। त्यस्तै लोसपा सचेतक परमेश्वर साहसहित दुवै दलका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरु पनि उपस्थित भएका छन्।

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए।

त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्।

अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवको उम्मेदवारी कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट