बिहिबार, माघ ६, २०७८
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवाय (सूचीसहित)

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवाय (सूचीसहित)


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

काठमाडौं । निर्वाचन आयोगले कोरोना कहरको तेस्रो लहरकाबीच राष्ट्रियसभा सदस्यको निर्वाचन निर्धारित समयमै गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएको छ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।

आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ ।

भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट