बिहिबार, माघ ६, २०७८
बलात्कार आरोपमा मोरङका २२ वर्षीय युवक पक्राउ

बलात्कार आरोपमा मोरङका २२ वर्षीय युवक पक्राउ


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरीलाई बुधबार साँझ बलात्कार गरेको आरोप ऋषिदेवमाथि छ । उनलाई प्रहरीले सोमबार नै पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपेर उनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न उनी फरार बनेका थिए ।

पीडितले उजुरी दिएपछि फरार भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका ऋषिदेवलाई इप्रका रंगेलीले बिहीबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरि अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट